२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

काठमाडौं । खानेपानी तथा सररसफाई डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ । २८ लाख रुपैयाँ घुसवापतको भएको र खानतालासीका क्रममा उनीसँग थप नौ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको टोलीले प्लम्बर बखत बहादुर थापासहित उनलाई बुधबार अपरान्ह १६ लाख नगद र १२ लाखको चेकसहित घुस लिदै गर्दा पक्राउ गरेको थियो । मन्थली–१ स्थित इन्जिनियरको निवासबाट उनीहरु रंगेहात पक्राउ परेका थिए । इन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता सििमतको कामको भुक्तानीका लागि उनीहरुले घुस मागेका थिए । पक्राउ गरेर डेरामा खानतालासी गर्दा थप नौ लाख ३० हजार आयोगले बरामद गरेको थियो । इन्जिनियर सत्यालले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।

आठौं तहका कर्मचारी सत्याल २०५५ सालमा सरकारी सेवामा प्रबेश गरेका हुन् । यो अवधिमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । भक्तपुरमा करोडौंको घर बनाएका उनीसँग निजी गाडी समेत रहेको र सम्पत्ति बारे पनि छानबिन गरिने अख्त्यिारले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!