(ABC-Sanchar)
दाङ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पताल लगिएको थियो ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्र बस्नेतले राज्यमन्त्री केसीको आईसीयूमा उपचार भइरहेको बताए । ‘राज्यमन्त्रीज्यू हिजो टेकुबाट वीर अस्पताल आउनुभएको हो, अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ’, डा। बस्नेतले भने, ‘हिजो स्वास्थ्य अवस्था गम्भीर थियो । तर, आजबाट सुधार हुँदै गएको छ ।’