११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

११ थान नक्कली नोटसहित पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी रु ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।यता ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल भण्डारी मार्गस्थित सुनिता तामाङको घरबाट नगद रु तीन लाख ३० हजार, ल्यापटप एक थान र मोबाइल एक थानसमेत गरी करिब रु चार लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ । गएराति भएको उक्त चोरी अपराधमा संलग्न व्यक्तिहरु हाल फरार रहेकाले उनीहरुको खोजी र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!