२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

तनहुँका इन्स्पेक्टर रमेश बिष्ट असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९


ABC (क्राईमबिट)
तनहुँ । ईलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षक रमेश बिष्ट असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । बिभागिय निर्देशनको पालना गरी व्यवसायिक, लगनशिल, कर्तव्यनिष्ठ र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रही उच्च मनोबल र साहसका साथ काम गरेको भन्दै प्रहरी निरीक्षक बिष्टलाई पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले प्रहरी निरीक्षक बिष्टलाई प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेका हुन् ।
यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय भानु तनहुँको कार्यालय प्रमुखको रुपमा रहेका प्रहरी निरीक्षक बिष्टले विसं ०७९ असोज ४ गते जबरजस्ती करणी गरी वारदात पश्चात फरार रहेका १८ बर्षीय सुदीप ठाडा मगरलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए ।

त्यसैगरी विसं ०७९ असोज ११ गते ५ तोला सुन चोरी गरी फरार रहेका ३२ बर्षीय समिर दासलाई पक्राउ गरेका थिए । त्यसैगरी विसं ०७९ असोज ११ गते अवैध ५३.८८ क्युफिट सालको गोलिया काठ पक्राउ तथा प्रहरी चौकी भन्सार तनहुँको जग्गा प्राप्ति लगायतका महत्वपूर्ण कार्य गर्न सफल भएका थिए ।
प्रहरी निरीक्षक बिष्टले आफ्नो जिम्मेवारी अत्यन्तै लगनशिल, कर्तव्यनिष्ठ एवं ईमान्दारीताका साथ सम्पादन गर्दै प्रहरी संगठनको छबीलाई उच्च प्रभावकारी भुमिका निर्वाह गरेको हुँदा २०७९ असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरेको हो ।
निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै यसको निरन्तरता र भबिष्यमा अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहन गर्दै जाने योजना रहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!