२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

नेपाल एयरलाइन्सले माग्यो माफी

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

उडान अनुमति नलिई आइतबार र सोमबार विमानस्थलमै यात्रु अलपत्र पारेको विषयलाई लिएर नेपाल वायुसेवा निगमले माफी मागेको छ। निगमले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आइतबार उडान तालिका स्वीकृत नगरेको भन्दै निगमको दिल्ली उडान रोकेको थियो।

त्यस्तै सोमबार बिहान पनि आरए २०५–२०६ नम्बरको उडान रोकिएपछि एयरलाइन्सले विशेष कारणवश उडान रद्द गर्नुपरेको जनाउँदै यात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको हो।

एयरलाइन्सले आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने सोही विज्ञप्तिमार्फत प्रतिवद्धता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्द भएकाले यात्रुवर्गमा पर्न गएको असुविधा प्रति निगम दुःख व्यक्त गर्दछ‚ आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिबद्धता व्यक्त गर्दछौं।’

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवाहरूको विन्टर सेड्युल (अक्टोबर ३० बाट २०२३ मार्च २७ सम्मको उडान तालिका) मा उडान कटौती गरिदिएकाले विमानस्थलले उडान रोकेको थियो।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!