२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

जुवाडेका नाइके बने सेनाका जर्नेल,

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

काठमाडौं, १४ कात्तिक । राजधानीमा जुवाको अखडा चलाउँदै आएका नेपाली सेनाका एक जना अवकाशप्राप्त जर्नेल जुवाको खालबाटै समातिएका छन् ।

ललितपुरको धापाखेलस्थित आफ्नै घरमा जुवाको खाल चलाउँदै गरेको अवस्थामा नेपाली सेनाका पूर्व दुईतारे जर्नेल होमकुमार लावतीसहित ६ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

लावती अवकाशअघि सेनाको मुद्दा मामिला हेर्ने कानुन विभाग (प्राड विवाक) का प्रमुख थिए । उनको घरमा सधैं जुवाको खाल चल्ने गरेको छिमेकीहरूले खबर गरेपछि प्रहरीले छापा मारेर तास, कौडा, नगदसहित सबैलाई समातेको बताइएको छ ।

स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले ललितपुरको सातदोबाटो र धापासीहाइटमा दिनहुँ जसो जुवा, तास र कौडा खेलाउने गर्छन् । लावतीका कारण एक दर्जन व्यक्तिको घरबार बिग्रिएको छ । एक हजार प्वाइन्टमा म्यारिज खेलाउने पूर्व जर्नेल लावतीले जुवामा हार्नेहरूलाई कागज गरेर मिटर व्याजमा पैसा ऋणमा पनि लगाउने गरेको पाइएको छ ।

लावतीले ललितपुरका खुँखार जुवाडे भनेर नाम कहलिएका सचिन महर्जनसँग सेटिङ मिलाएर गर्छन् । महर्जनले जुवा खेलेरै करोडौँको सम्पत्ति जोडेका छन् । सामान्य परिवारका सचिन महर्जनसँग अहिले एक अर्बभन्दा धेरै सम्पत्ति छ ।

ललितपुरमा जुवाडेका रूपमा कहलिएका महर्जनले सट्टेबाजीमा पनि काम गर्छन् । जुवा खेल्न आउने जुवाडेलाई लावती र सचिन महर्जन मिलेर कङ्गाल बनाउने गरेको आरोप छ ।दैनिक नेपालबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!