०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

२० वर्षीय युवक पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ का अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो ।विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका-१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएर भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!