२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

असई हत्या प्रकरणमा सशस्त्र एसपी प्रदिप खड्कालाई कारबाही सिफारिस

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।

घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याएको छ । सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस भएको हो ।

घटनाका वेला एसपी खड्का राजविराजस्थित सशस्त्र प्रहरीको गणपति थिए । उनको कमान्ड कमजोरीले घटना भएको भन्दै छानबिन समितिले विभागीय कारबाही सिफारिस गरेको हो । सशस्त्र प्रहरी मुख्यालयले एसपी खड्कालाई गणबाट हटाइसकेको छ ।

गत २० असोजमा असई यादव मृत अवस्थामा भेटिएका थिए । सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवै जनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धान निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् ।

सप्तरीका एसपी अविनारायण काफ्लेका अनुसार घटना व्यक्तिगत रिसिइवीमा भएको हालसम्मको अनुसन्धानमा देखिएको छ । ‘नियोजितभन्दा पनि आवेगप्रेरित घटना जस्तो देखिन्छ,’ उनले भने, ‘अनुसन्धान अझै सकिएको छैन, घटनामा अन्य व्यक्तिको संलग्नता पनि देखिएको छैन ।’

हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो ।

बदनाम प्रहरीलाई सीमा क्षेत्रमा खटाइनुलाई पनि घटनाको एउटा कारण मानिएको छ । हत्यामा संलग्न जवान खत्रीमाथि पटक-पटक विभागीय कारबाही भएको थियो । हवल्दारबाट उनी जवानमा घटुवा भएका थिए । घटुवा भए पनि उनी सीमा क्षेत्रमै कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!