०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

खसेर धादिङमा म्यादी प्रहरीको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए।

बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन्। उनको टाउकोमा समेत चोट लागेको थियो।

धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो।

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो ३ बजेतिर मृत्यु भएको खत्रीले बताए। बुधबार उनको काठमाडौंस्थित पशुपतिमा दाहसंस्कार गरिने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!