०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

विभिन्न मुद्दाका फरार १० जनालाई पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका फरार १० जनालाई पक्राउ गरेको छ । बुधवार कास्की प्रहरीले विज्ञप्ति निकाल्दै फरक–फरक मुद्दाका १० जना फरारलाई सार्वजनिक गरेको हो । कास्की जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना फैसला गरी फरार रहेकालाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले बताए । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दादेखि चलनचलाई मुद्दाका छन् । पक्राउ मध्ये ७ जना चलनचलाई मुद्दाका फरार हुन् । उनीहरू सबैलाई जिल्ला अदालतले ५ हजार जरिवाना तोकेर नतिर्ने हुन् । पक्राउ पर्नेमा पोखरा २९ का ७२ वर्षीय टेकबहादुर गुरुङ, सोही ठाउँका ७१ वर्षीय रनमायाँ गुरुङ, ४० वर्षीय शेरमान गुरुङ ३९ वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेलकुमार गुरुङ, ३१ वर्षीय जमुना गुरुङ र २६ वर्षीय विपना गुरुङ छन् । यस्तै, सवारी ज्यान मुद्दाका २ जना पक्राउ परेका छन् । जिल्ला अदालतले २ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकी फरार रहेका तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ कोत्रे बस्ने ३६ वर्षीय सन्तोष पुन र सोही मुद्दामा जिल्ला अदालतले ११ महिना ५ दिन कैद तोकेर फरार रहेका धादिङ स्थायी घर भई हाल पोखरा ३२ मजुवा बस्ने ४० वर्षीय चक्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, लागूऔषध मुद्दामा जिल्ला अदालतले १० महिना १६ दिन कैद तोकेर फरार रहेका पोखरा ३१ मोहरिया बस्ने १९ वर्षीय सुनिल विकलाई प्रहरीले पक्राउ गरेको हो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!