२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले जानकारी दिए ।

चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भीडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रम निर्वाचन अवधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न यहाँका सबै राजनीतिक दलदेखि उम्मेदवारलाई जानकारी गराएको बताइएको छ ।

मतपत्रबाहेक सबै ५४ प्रकारका सामग्री जिल्लामा आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!