२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भूटानमाथि नेपालको ७ गोल

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

काठमाडौं । १५ वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७-० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल गर्यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्यो ।

नेपालको जितमा वर्षा ओलीले चार गोल गरे भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरे । वर्षाले खेल सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलेका थिए ।

त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरे भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरे । । त्यसैगरी उनले खेलको ३५औँ मिनेटमा थप एक गोल गरे ।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरे भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाए ।

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले हराएको थियो ।

प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ ।

अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                नेपाली टोलीका युवा ब्याट्सम्यान देव खनाले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् ।उनले ५६ बलको सामना […]

(एबिसि संचार ) नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल […]

(एबिसि संचार )                                                                आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ […]