२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

प्रहरीले केही दिनअघि मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको भारतीय नागरिकको साथबाट थप सुन बरामद भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्तिक ८ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कासिमले ल्याएको कार्टुनबाट थप ४२९.८२० ग्राम सुन फेला परेको हो ।निजले कार्टुनमै सुनको लेप गरेर ल्याएको पाइएको हो । निजको साथबाट यसअघि मलद्वारमा टेपले बेरिएको सेतो रंगको प्लाष्टिक भित्र ३३१ ग्राम सुन फेला परेको थियो । उक्त परिमाणको सुन फेला पर्नासाथ निजलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको थियो ।निजले आफूसँगै ल्याएको कार्टुनलाई नेपाल सुनचाँदी व्यवसायी महासंघले परीक्षण गर्दा २ के.जी.३५० ग्राम तौल भएको कार्टुन गलाउँदा ४२९.८२० ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ । निजको साथबाट बरामद सुनको कुल तौल ६८०.६७० ग्राम रहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!