२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

काठमाडौंमा आतंक मच्चाउने समूह पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

ABC (क्राईमबिट)
काठमाडौैं । विभिन्न स्थानमा चोरी र लुटपाटको आतंक मच्चाउने समूह पक्राउ परेको छ । बौद्ध क्षेत्रमा डकैती समेत गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी घर भई हाल गोकर्णेश्वर बस्ने जिमी लामा, सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने दीर्घ लामा र सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने बाबु तामाङ छन् । उनीहरु तिनै जना पटके अपराधी भएको र विगतमा जेल बसेर छुटेका हुन् । जिमी चोरी मुद्दामै ६ वर्ष ११ महिना जेल बसेका थिए । त्यस्तै दीर्घ २ वर्ष तथा बाबु १ वर्ष ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको काठमाडौं परिसरले जनाएको छ ।

उनीहरुले केहीदिनअघि नारायणटार बस्ने वर्ष ५४ की महिलाको साथमा रहेको झोला लुटपाट गरी झोलामा रहेको सुनको झुम्का, तिलहरी र नगद १५ हजार लुटेका थिए । गोकर्णेश्वर–८ स्थित १ जना पुरुषको घरबाट बिभिन्न सुनका गरगहना ७ तोला र नगद १० लाख समेत लुटपाट गरी फरार भएका थिए । बौद्ध वृत्तका डिएसपी हरि बहादुर बस्नेतकै कमाण्डको प्रहरीले उनीहरुलाई थलीबाट पक्राउ गरेको हो । उनीहरुबाट घर फुटाउन प्रयोग गर्ने फलामको रड, मोटरसाइकल बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!