२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्वाचनमा खटिने म्यादी प्रहरीले दैनिक खाजा खर्च मात्र ३०० भत्ता पाउँछन

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा खटिने सुरक्षाकर्मीलाई कर्मचारीको तुलनामा थोरै मात्र भत्ता पाउने भएका छन् । मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले चार दिन खाजा खर्च पाउने भएका छन् ।

दैनिक तीन सय रुपैयाँ दरले उनीहरुलाई खाजा खर्च दिन अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचनमा खाजा खर्च दिइएको थिएन ।

निर्वाचनमा खटिने प्रहरीले एक जिल्लाबाट अर्काे जिल्लामा खटिदा १३ दिनको भत्ता पाउँछन् भने जिल्लाभित्र खटिनेलाई सात दिनको भत्ता दिने निर्णय भएको छ । त्यस्तै, तयारी अवस्थामा रहने प्रहरीलाई तीन दिनको भत्ता दिने निर्णय भएको छ । निर्वाचन आयोगका कर्मचारीले दोब्बर भत्ता पाउँदा सुरक्षाकर्मीलाई भने थोरै मात्र दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!