२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

अख्तियार आयुक्त चन्दले कर्मचारी निर्माण व्यवसायीलाई धम्क्याएको युवा सङ्घको आरोप

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनावको मुखमा विवादमा तानिएका छन् । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगलाईसमेत ध्यानाकर्षण गराएको छ ।

सङ्घका महासचिव क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा आफ्नो उद्देश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा अरू व्यवसायीलाई धम्क्याएको दाबी गरेका छन् ।

युवा सङ्घले चन्द महेन्द्रनगरस्थित एउटा होटेलमा अड्डा जमाएर बसेको भन्दै त्यहीँबाट धम्कीजन्य काम गरेको आरोप लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लङ्घन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चाहन्छौँ कि चन्दबाट भइरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि कार्य हामीलाई सैह्य हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा परी आउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन बिथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ’, चेतावनी दिँदै युवा सङ्घले भनेको छ ।

चन्द प्रधानमन्त्री शेरबहादुर देउवाको कोटामा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अख्तियारको आयुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!