१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

अख्तियार आयुक्त चन्दले कर्मचारी निर्माण व्यवसायीलाई धम्क्याएको युवा सङ्घको आरोप

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनावको मुखमा विवादमा तानिएका छन् । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगलाईसमेत ध्यानाकर्षण गराएको छ ।

सङ्घका महासचिव क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा आफ्नो उद्देश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा अरू व्यवसायीलाई धम्क्याएको दाबी गरेका छन् ।

युवा सङ्घले चन्द महेन्द्रनगरस्थित एउटा होटेलमा अड्डा जमाएर बसेको भन्दै त्यहीँबाट धम्कीजन्य काम गरेको आरोप लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लङ्घन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चाहन्छौँ कि चन्दबाट भइरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि कार्य हामीलाई सैह्य हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा परी आउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन बिथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ’, चेतावनी दिँदै युवा सङ्घले भनेको छ ।

चन्द प्रधानमन्त्री शेरबहादुर देउवाको कोटामा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अख्तियारको आयुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!