२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

बँदेल मार्न थापेको पासोमा परि रोशनी र शरदको मृत्यु पत्रकार सम्मेलन सार्बजनिक गर्दै प्रहरी

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९


ABC (क्राईमबिट)
दाङ । रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो।

उनीहरु असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए। साढे दश बजेपछि सम्पर्कबिहिन थिए।

आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्नका घर बाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना ब्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए।

बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिककैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए। सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।

शनिबार दिउँसो नै प्रहरीले पत्रकार सम्मेलन गरि घटनामा संलग्न चार जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ। पक्राउ परेका चारै जना दमारगाउँका स्थानीय हुन्।

रोशनीको बायाँ हातमा करेन्टले जलेको स्पष्ट खत थियो। पोष्टमार्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो।

पोष्टमार्टम रिपोर्टपछि प्रहरी थप अन्यौंलमा पर्‍यो र नयाँ ढंगले घटना अनुसन्धान गर्न सुरू गर्‍यो। घटना अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको थियो।

बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परि रोशनी र शरदको एकसाथ मृत्यु भएपछि उक्त धराप थाप्ने चार जनाले सोही दिन राति आपसमा सल्लाह गरेर उनीहरूको शव व्यवस्थापन गरेका थिए।

त्यसरी घटनास्थलमै रोशनी र शरदको शबहरू छोड्दा बँदेल मार्न थापेको धरापमा परि उनीहरूको मृत्यु भएको गाउँ समाजले थाहा पाउने र त्यसले आफूहरूलाई अप्ठेरो हुने निस्कर्षपछि उनीहरूले दुबैको शब ब्यबस्थापन गरेको प्रहरी अधिकारीले जानकारी दिए।

‘विद्युतीय धरापमा परि दुबैको मृत्यु भएपछि उनीहरूका बीचमा सल्लाह अनुसार घर गएर बोरा र खन्नलाई फरूवा ल्याएछन्,’ ती प्रहरी अधिकारीले भने, ‘त्यहीँ बोरामा राखेर शब जंगलबीचको चिरोमा लगेर फरूवाले खनेर माटोले पुरेको तथ्य उनीहरूले स्वीकार गरिसकेका छन्।’

त्यसपछि उनीहरूले शब बोकेर लगेका बोराहरू जलाएको प्रहरीले बताएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!