ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्तीकरणिमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपि राजन गौतमले घोराहीबाट केशब धिताललाई जबरजस्ति करणिमा प्रहरीले गएराती पक्राउ गरेको जानकारी दिए ।
केशब गोरखा हस्पिटलमा कार्यरत कर्मचारी हुन । केशब विरुद्ध सोहि अस्पतालमै कार्यरत युबतिले जबरजस्ति करणिमा जाहेरी दिएकि थिईन ।
युबतिको जाहेरीपछि केशब पक्राउ परेको र उनलाई म्याद थप गरेर घटना अनुसन्धान हुने प्रबक्ता गौतमले बताए ।