२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

लमजुङमा ३ लाख रुपैयाँसहित ३८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

ABC (क्राईमबिट)
लमजुङ । प्रहरीले एकै रात २ ठाउँबाट नगद २ लाख ८१ हजार १ सय २५ रुपैयाँसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

विभिन्न ठाउँमा जुवा (कौडा) भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले कौडा थान ३२ सहित नगद र जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब ११ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती तिनपिप्ले बस्ने ५७ वर्षीय गणेशप्रसाद श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा (कौडा) खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित २५ जना पुरुषलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ पर्नेहरु सबै उक्त वडाकै रहेका छन् ।

यस्तै, शुक्रबार राति नै सुन्दरबजार नगरपालिका १ कुन्छा बस्ने ४४ वर्षीय रामबहादुर दुराले जुवा (कौडा) खेलाउँदै गरेको अवस्थामा उनीसहित १३ जना पुरुषलाई नगद १ लाख ६० हजार १ सय २५ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १२ जना सुन्दरबजार नगरपालिकाका रहेका र १ जना तनहुँको रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले पक्राउ परेका व्यक्तिहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको बताए । ‘आज (शनिबार) बिदाको दिन पर्‍यो । हामी भोलि (आइतबार) म्याद थप गरी थप अनुसन्धान थाल्छौं,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!