
ABC (क्राईमबिट)
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्री शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल ।
जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारी लगायतको आतिथ्यतामा यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका मातहत प्रहरी युनिट ईन्चार्ज हरुलाई आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई।

भयरहित,निष्पक्ष,विवादरहित ढङ्गबाट सम्पन्न गर्नको लागी मतदान स्थलको सुरक्षा,मतपेटिका,मतदान स्थलमा खटिने प्रहरी कर्मचारीहरुले गर्नुपर्ने ब्यवहार,पालन गर्नुपर्ने आचार सहिता,अपनाउनु पर्ने सुरक्षा नितीहरु,निर्देशनहरु,हात हतियारको प्रयोग,मतदान स्थलमा हुने उश्रृङखल गतिबिधी गर्ने समुह वा व्यक्तीहरुको पहिचान गर्ने,नियन्त्रंण गरी जाहेर गर्ने जस्ता विषय वस्तुको बारेमा अमूल्य निर्देशन समेत दिनुभएको ।