१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

चुनावीसभा नजिकै बम विष्फोट

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो । ‘हामी सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ, तर कुनै पनि मानवीय क्षति भएको छैन स्थिति सामान्य छ । अध्यक्ष प्रचण्ड कार्यक्रमस्थलमा सहभागी भइसक्नुभएको छ,’ माओवादी नेता दावा लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!