२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नवलपरासीको अरुणखोलामा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९


ABC (क्राईमबिट)
नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलाको भित्री बाटोमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम सेनाले शनिबार बिहान निष्क्रिय पारेको छ ।


बम फेला परेपछि त्यो क्षेत्र शुक्रबार रातिदेखि नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । शनिबार बिहान साढे ७ बजे अरुणखोलास्थित सेनाको टोलीले बम निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ । कुकरभित्र पटका राखिएको प्रहरीले बताएको छ ।

शुक्रबार राति मध्यविन्दु नगरपालिका वडा नम्बर–१० कोटथर चोकको सडकमा प्रेसर कुकर र त्यसमा बाँधिएको तार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!