१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

चुनावको दिन बाजुरामा आन्दोलनकारीले खोसेको प्रहरीको राइफल भेटियो

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर-७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चलिरहँदा प्रहरी र स्थानीयको बिचमा झडप भयो । मङ्सिर ४ मा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेतिर झडपको क्रममा एक जना युवकले प्रहरीको इन्सास राइफल खोसेर भागे । अनि, प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भयो ।

सन्दीपको शव अझै घटनास्थलमा छ । मृतक वडा नम्बर-९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडीका छोरा हुन् । उनी वडा नम्बर-७ का स्थानीय हुन् । झडप गर्नेहरूले खोसेर लगेको प्रहरीको राइफल भेटिएको छ । घटनास्थल नजिकै फालेको अवस्थामा राइफल भेटिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

 

नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा ३ जना स्थानीय र प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भए । तर, सो घटना भएको केही समयपछि त्यहाँ फेरी अर्को दर्दनाक घटना भयो । १५-२० जनाको समूहले मतदान स्थलमा नेकपा (एमाले)को प्रतिनिधि भएर खटिएका चेतन ऐडीलाई लखेटेर कुट्न थाले ।

अनेरास्ववियुका सचिवालय सदस्य समेत रहेका चेतनलाई मरणासन्न हुने गरी कुटेपछि सो समूहले मतदान केन्द्रभन्दा पर जंगलछेउमा लगेर छाडेको बताउँछन्, एमालेका नेताहरूको भनाई छ ।

लखेट्दै कुटेर जंगलछेउमा छाडिएका चेतनलाई विद्यार्थी सङ्गठनमा कार्यरत सुजाता ऐडीले घरसम्म लगेको बताइएको छ । छिमेकीको घरमा ताला लगाएर लुकाएपनि काँग्रेसका कार्यकर्ताले थुतेर निर्घात कुटपिट गरेको एमाले नेताहरूको भनाई छ । राति १० बजेतिर सेनाले गाडीले उनलाई अछामस्थित बयलपाटा अस्पतालमा लगेर छाड्यो । त्यही राति उनको मृत्यु भयो ।

बाजुरामा प्रतिनिधिसभातर्फ एमालेका कर्ण थापासँग नेपाली काँग्रेसका बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!