१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

चुनावको दिन बाजुरामा आन्दोलनकारीले खोसेको प्रहरीको राइफल भेटियो

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर-७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चलिरहँदा प्रहरी र स्थानीयको बिचमा झडप भयो । मङ्सिर ४ मा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेतिर झडपको क्रममा एक जना युवकले प्रहरीको इन्सास राइफल खोसेर भागे । अनि, प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भयो ।

सन्दीपको शव अझै घटनास्थलमा छ । मृतक वडा नम्बर-९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडीका छोरा हुन् । उनी वडा नम्बर-७ का स्थानीय हुन् । झडप गर्नेहरूले खोसेर लगेको प्रहरीको राइफल भेटिएको छ । घटनास्थल नजिकै फालेको अवस्थामा राइफल भेटिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

 

नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा ३ जना स्थानीय र प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भए । तर, सो घटना भएको केही समयपछि त्यहाँ फेरी अर्को दर्दनाक घटना भयो । १५-२० जनाको समूहले मतदान स्थलमा नेकपा (एमाले)को प्रतिनिधि भएर खटिएका चेतन ऐडीलाई लखेटेर कुट्न थाले ।

अनेरास्ववियुका सचिवालय सदस्य समेत रहेका चेतनलाई मरणासन्न हुने गरी कुटेपछि सो समूहले मतदान केन्द्रभन्दा पर जंगलछेउमा लगेर छाडेको बताउँछन्, एमालेका नेताहरूको भनाई छ ।

लखेट्दै कुटेर जंगलछेउमा छाडिएका चेतनलाई विद्यार्थी सङ्गठनमा कार्यरत सुजाता ऐडीले घरसम्म लगेको बताइएको छ । छिमेकीको घरमा ताला लगाएर लुकाएपनि काँग्रेसका कार्यकर्ताले थुतेर निर्घात कुटपिट गरेको एमाले नेताहरूको भनाई छ । राति १० बजेतिर सेनाले गाडीले उनलाई अछामस्थित बयलपाटा अस्पतालमा लगेर छाड्यो । त्यही राति उनको मृत्यु भयो ।

बाजुरामा प्रतिनिधिसभातर्फ एमालेका कर्ण थापासँग नेपाली काँग्रेसका बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!