२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

सन्दीप लामिछाने रिहा

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

काठमाडौं । नाबालिगमाथि बलात्कारकाे आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो ।

उच्च अदालतको आदेशअनुसार सन्दीपले २० लाख रुपैयाँ धरौटी बुझाएपछि केन्द्रीय कारागार सुन्धाराबाट निकालिएको हो । सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं बुझाएपछि रिहा भएका हुन् ।

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर बाँस्कोटाले बताएका छन् ।सन्दीपलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । यसले स्वास्थ्यमा विभिन्न गम्भीर असर पुर्‍याउन सक्छ। अण्डाको बाकस बाल्दा मानव स्वास्थ्यमा पर्ने असरहरू: • श्वासप्रश्वासको समस्या: – यसको धुवाँले फोक्सोलाई असर गर्छ, दमका बिरामीलाई झनै गम्भीर बनाउँछ। • विषालु रासायनिक तत्वको उत्सर्जन: – डाइअक्सिन र फ्युरान जस्ता रसायन निस्किन्छन् जसले: – क्यान्सरको जोखिम बढाउँछ – स्नायुप्रणालीमा असर पुर्‍याउँछ – रोग प्रतिरोधात्मक […]

  जाजरकोट । आइतबार डिभिजन बन कार्यालयको कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् । डिभिजन बन प्रमुख अमर प्रसाद शाहले आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताए । करारका कर्मचारी हटाएको विषयमा कुरा निकालेर उनीहरुले आफुमाथि एक्कासी ढाड र अनुहारमा मुक्का प्रहार गरेको बताएका छन् । यद्यपी उनलाई चोटपटक भने लागेको छैन । आक्रमणपछि ती […]

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा डेङ्गुका १४२ बिरामी भेटिएका थिए भने चालु वर्ष २०८१–८२ मा यो सङ्ख्या १५० पुगेको छ। यस्तै, गत वर्ष ४ जनामा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार भारतबाट फर्किने मजदुरहरूबाट संक्रमण फैलिने दर उच्च भएको छ। लामखुट्टे र भुसुनाबाट सर्ने यी रोगबाट जोगिन […]

error: Content is protected !!