१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

दाङ प्रहरीले औषधी ब्यबसायीहरुलाई अबैध लागूऔषध नियन्त्रणमा भुमिका खेल्न अनुरोध

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभा हलमा एक कार्यक्रमको आयोजना गरी दाङ जिल्ला स्थित औषधी ब्यबसायी संघका पदाधिकारीहरु, औषधी ब्यबसायी तथा मेडिकल, फार्मेसी संचालकहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय नियन्त्रित लागूऔषधको खुल्ला रुपमा बिक्री बितरण भई लागु औषध दुर्ब्यसन बढेको पाईएको हुदाँ उक्त कार्यलाई नियन्त्रण गर्ने उदेश्यका साथ सरोकारवालाहरुलाई चिकित्सकको सुझाब बिना त्यस्ता प्रकारका औषधीहरु बिक्रि बितरण नगर्न, नियन्त्रित लागु औषधहरु खरिद गर्न आएमा प्रहरीलाई खबर गर्न, अबैध रुपमा त्यस्ता प्रकारका औषधी नराख्न तथा आ-‍आफ्नो तर्फबाट लागू औषध नियन्त्रणमा भुमिका खेल्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट लागु औषध नियन्त्रणमा प्रतिबद्दता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो। वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ । मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा […]

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

error: Content is protected !!