१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

रवीले चिन्ता नगरौँ केही समयपछि गृहमन्त्रालयमा फर्कन्छु भन्दै बाहिरिए

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९


ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्चको फैसलाबाट अवैध नागरिक ठहरिएसँगै सांसद र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले ‘केही समयपछि यसै मन्त्रालयमा फर्कन्छु’ भन्दै मन्त्रालयबाट बाहिरिएका छन् ।

शुक्रबार रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम बहस थियो । तर, शुक्रबार नै फैसला आउने या नआउने टुङ्गो थिएन । तर, फैसला भने शुक्रबार साँझ नै आयो ।

रामशाहपथस्थित सर्वोच्च अदालत र गृहमन्त्रालयको दुरी करिव पाँच सय मिटर मात्र छ । सर्वोच्चमा आफ्नो नागरिकता विवाद छिनोफानो हुँदै गर्दा रवि मन्त्रालयमै थिए । उनलाई पनि आजै फैसला होला या नहोला भन्ने हेक्का थिएन । तर, साँझ ५ः३० तिर सर्वोच्चले रविको विरुद्धमा फैसला गर्यो र नेपाली नागरिकताधारी नरहेको फैसला सुनायो ।

फैसलापछि उनी साँझ ७ बजे मात्र मन्त्रालयबाट बाहिरिए । बाहिरिने क्रममा उनले आफू अनागरिक भएको भन्दै दुखेसो पोखे । सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताएका रविले पत्रकारहरूले प्रश्न गर्दा ‘म अनागरिकसँग कुनै प्रश्नको जवाफ छैन’ भन्ने प्रतिक्रिया दिए ।

सर्वोच्चको फैसलासँगै रविको सांसद र गृहमन्त्री पद स्वत् खारेज भयो । तर, उनी पद खारेज भएपछि पनि करिव २ घण्टा गृहमन्त्रीकै कुर्सीमा बसेर बिदा भए । फैसला भएपछिको करिव दुई घण्टासम्म उनले मन्त्रीकै कुर्सीबाट पार्टीका नेता कार्यकर्तासँग प्रत्यक्ष तथा फोन संवादमा सरसल्लाह गरेका थिए ।

शुक्रबार रविसँगै गृहमन्त्रालयमा रहेका रास्वपाका एक नेताका अनुसार रविले केही समयपछि यसै मन्त्रालयमा फर्कने समेत बताएर बाहिरिएका छन् ।

ति नेताले भने– ‘सर्वोच्चले फैसला सुनाउने बेलामा मन्त्रीज्यू कुर्सीमै हुनुहुन्थ्यो । उहाँ फैसलापछि पनि करिव २ घण्टा सोही कुर्सीमा रहेर हामीसँग सरसल्लाह गर्नु भयो । उहाँले ‘केही छैन साथीहरू केही समयपछि यसै मन्त्रालयमा फर्कने छु । चिन्ता नगरौँ’ भनेर बाहिरिनु भयो ।’

रविको सांसद पद खारेज भएसँगै उनले निर्वाचन जितेको चितवन–२ मा उपनिर्वाचन हुने निश्चित छ । निर्वाचन अगाडि नागरिकता प्राप्ति सम्बन्धी सम्पूर्ण प्रकृया पूरा गरेको खण्डमा उनी पुनः उम्मेदवार बन्न पाउने छन् । यसै आधारमा उनले ‘पुनः यसै मन्त्रालयमा फर्कन्छु’ भनेको हुनसक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]