२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

ABC (क्राईमबिट)                                                 काठमाडौं । पर्साको बीरगञ्जबाट सशस्त्र प्रहरी बलको टोलीले हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद गरेको छ । सो रकम बोकेर आउने दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमार छन् ।

सशस्त्र प्रहरी बल नम्बर–१३ गण पर्साबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया नेतृत्वको टोलीले सो रकम बरामद गरेको हो । आरोपीहरुको साथबाट १८ लाख नेपाली सहित २ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।

वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज रक्सौल सडक खण्डबाट  पक्राउ परेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली भेटिएको थियो । उनीहरूले नेपाली रुपैयाँको श्रोत खुलाउन सकेका छैनन् ।

आरोपीहरूलाई थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद […]

बाँके । नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् । इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । […]

  बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार […]

error: Content is protected !!