२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

ABC (क्राईमबिट)                                                 काठमाडौं । पर्साको बीरगञ्जबाट सशस्त्र प्रहरी बलको टोलीले हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद गरेको छ । सो रकम बोकेर आउने दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमार छन् ।

सशस्त्र प्रहरी बल नम्बर–१३ गण पर्साबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया नेतृत्वको टोलीले सो रकम बरामद गरेको हो । आरोपीहरुको साथबाट १८ लाख नेपाली सहित २ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।

वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज रक्सौल सडक खण्डबाट  पक्राउ परेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली भेटिएको थियो । उनीहरूले नेपाली रुपैयाँको श्रोत खुलाउन सकेका छैनन् ।

आरोपीहरूलाई थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]