१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

दिनभरको तनावग्रस्त पछी माछापोखरीमा हात उठाएर बाटो काट्दै सर्वसाधारणहरु

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।

गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन् । उनीहरुले नाराबाजी र ढुंगामुढा पनि गरेका छन् र प्रहरीसँग झडप पनि भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी जलाइदिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् ।

अध्याँरो भइसक्दा पनि आन्दोलन नरोकिँदा सर्वसाधारण समस्यामा परेका छन् । कार्यालय र कामबाट फर्किनेहरुले गाडी पाएका छैनन् भने माछापोखरी क्षेत्रमा पैदल हिँड्न पनि डरमर्दो छ । प्रदर्शन अन्त्य भएपछि सजिलै घर फर्किने भनेर पर्खिरहेकाहरु अध्याँरो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन् । हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]