१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

डिआइजीबाट एसपी कुटिए

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९

ABC (क्राईमबिट)                                                   नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक(एसपी) अवकाशप्राप्त डिआइजीबाट कुटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ती एसपी गत मंगलबार बेलुका दरबारमार्गस्थित याक एन्ड यती होटलमा कुटिएका छन् ।

मदिरामा मात्तिएर असभ्य शैली देखाएपछि उनलाई पूर्व डिआइजी दीपक कुमार थापाले त्यसरी कुटेको स्रोत बताउँछ । विराटनगरका व्यवसायी राजेन्द्र राउतको छोराको बिहेको भोजमा सो घटना भएको हो ।

विगतमा पनि विवादका कारण पटक पटक कारबाहीमा परेका ती एसपीले मरिदामा मात्तिएर प्रहरी महानिरीक्षक लगायत प्रहरी अधिकारीलाई गाली गरेका थिए । पूर्व प्रहरीलाई समेत गाली गरे । त्यस्तो नगर्न पटक पटक सम्झाउँदा पनि नमानेपछि पूर्व डिआइजी थापाले उनलाई दुई झापड हानेको स्रोत बताउँछ । त्यती हुँदा पनि उनी सुध्रिएनन् । पछि जिल्ला प्रहरी परिसर, काठमाडौंका एक डिएसपी त्यहाँ पुगेर उनलाई फकाएर घर पठाएका थिए । उनको हर्कत देखेर भोजमा सहभाीहरु समेत चकित भएका थिए । एसपीले सार्वजनिक कार्यक्रममा पूरै संगठनको बेइज्जत गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने माग प्रहरीमा उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!