१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

डिआइजीबाट एसपी कुटिए

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९

ABC (क्राईमबिट)                                                   नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक(एसपी) अवकाशप्राप्त डिआइजीबाट कुटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ती एसपी गत मंगलबार बेलुका दरबारमार्गस्थित याक एन्ड यती होटलमा कुटिएका छन् ।

मदिरामा मात्तिएर असभ्य शैली देखाएपछि उनलाई पूर्व डिआइजी दीपक कुमार थापाले त्यसरी कुटेको स्रोत बताउँछ । विराटनगरका व्यवसायी राजेन्द्र राउतको छोराको बिहेको भोजमा सो घटना भएको हो ।

विगतमा पनि विवादका कारण पटक पटक कारबाहीमा परेका ती एसपीले मरिदामा मात्तिएर प्रहरी महानिरीक्षक लगायत प्रहरी अधिकारीलाई गाली गरेका थिए । पूर्व प्रहरीलाई समेत गाली गरे । त्यस्तो नगर्न पटक पटक सम्झाउँदा पनि नमानेपछि पूर्व डिआइजी थापाले उनलाई दुई झापड हानेको स्रोत बताउँछ । त्यती हुँदा पनि उनी सुध्रिएनन् । पछि जिल्ला प्रहरी परिसर, काठमाडौंका एक डिएसपी त्यहाँ पुगेर उनलाई फकाएर घर पठाएका थिए । उनको हर्कत देखेर भोजमा सहभाीहरु समेत चकित भएका थिए । एसपीले सार्वजनिक कार्यक्रममा पूरै संगठनको बेइज्जत गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने माग प्रहरीमा उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!