०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

३० करोड खरिद घोटालामा आईजीपी सिंह र एआईजीमा बढुवा थापामाथि अख्तियारको छानविन

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले शुक्रबार पाँच जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस गर्दा सिनियर डिआईजीहरु भने छुटेका छन् । आईजीपी धिरजप्रताप सिंहका ब्याची डिआईजीहरु नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ बढुवामा छुटेका हुन् । उनीहरु अहिलेका आईजीपी सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् । यी तिनै जना डिआईजीले चैत ११ गते ३० वर्षे सेवाहदका कारण आईजीपी सिंहसँगै अवकाश पाउनेछन् ।

उनीहरु कार्य सम्पादनमा कमजोर रहेका कारण बढुवाबाट बञ्चित रहेको गृह स्रोतले बताएको छ । उनीहरुलाई बढुवा सिफारिस नगर्न आईजीपी सिंहले नै जोड दिंदै आइरहेका थिए । प्रदेशमा प्रहरी प्रमुख रहँदा यी तिनै जना डिआईजी तस्करीलाई मलजल पुर्याएको भन्दै छानविनको दायरामा तानिएका थिए । प्रहरी प्रधान कार्यालयले कारबाहीका लागि उनीहरुलाई गृह मन्त्रालयलमा सिफारिस समेत गरेको थियो ।

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा सिफारिस गरेको छ । सिफारिस भएका डिआइजीलाई मन्त्रीपरिषद्को बैठकले एआइजीमा नियुक्त गर्नेछ । बढुवामा पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए । दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत ११ गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्ने अवसर पाउनेछन् । तर, ३० वर्षे सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको तयारी समेत भइरहेको छ । ऐन संशोधन गरी जागिरको अवधि लम्ब्याउन आईजीपी सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणामार्फत चर्को लविङ गरिरहेका छन् ।

अहिले सत्ता समिकरण पनि फेरिएको अवस्थामा ३० वर्षे सेवा अवधि हट्ने अवस्था बलियो देखिएको छ । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन विचौलियाको रुपमा प्रख्यात दिपक भट्ट, रामचन्द्र भट्टलगायतले आ–आफ्नो ठाउँबाट चलखेल गरिरहेका छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीको खरिद घोटालामा छानविन गरिरहेका ठेकेदारहरु राजमान मिश्र, ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बिसीलगायत पनि सक्रिय रहँदै आएका छन् ।

प्रहरीको ३० करोड भन्दा बढीको खरिद घोटालामा आईजीपी सिंह र एआईजीमा बढुवा सिफारिस भएका थापामाथि पनि अख्तियारले छानविन गरिरहेको छ।

यता, सर्वोच्च अदालतले ऐन बनाएर मात्रै प्रहरीमा नियमावली परिवर्तन गर्न सरकारका नाममा सुझाव दिएको लामो समय वितिसकेको छ । संसदले ऐन परिवर्तन गर्न सक्ने हुँदा अध्यादेशको भरमा मन्त्रीपरिषद्ले ३० वर्षे सेवाहद हटायो भने केही प्रहरी अधिकारीहरु नै सर्वोच्च अदालत जाने तयारीमा छन् ।

एआईजीमा बढुवा सिफारिस भएका डिआईजीहरुले भने ३० वर्षे सेवा अवधि नहटाउन गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयले पनि दुई महिना अघि एक वर्ष पछि मात्रै लागू हुने गरी ऐन संशोधन गर्न गृह मन्त्रालयलाई सुझाव दिएको थियो अनलाईन नेपाल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!