२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सशस्त्र प्रहरी जवान निलम्बित

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९

ABC (क्राईमबिट)                                                       सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्।

सशस्त्र प्रहरी जवान संदिपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार उनी सशस्त्र प्रहरीको इन्स्पेक्टरको दर्ज्यानी चिन्ह भएको बर्दीमा गोरखाको इलाका प्रहरी कार्यालय आरूघाट पुगेका थिए।

उनले आफू गोरखा गुल्मको इन्स्पेक्टर हुँ भन्दै कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेको आरोप छ।

जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत थिए। उनले १० दिनको घर बिदा स्वीकृत गराएर गएका थिए।

डिएसपी थापाका अनुसार गोरखा आरूघाट गाउँपालिका-३ थुमी बस्ने १५ वर्षीया किशोरी गत फागुन १५ देखि १९ गतेसम्म सदरमुकाममा भएको रनिङ शिल्डमा भाग लिन गएकी थिइन्।

तर कार्यक्रमपछि उनी फर्किइनन्। किशोरीलाई सोही वडाका हिराबहादुर बरामले फकाएर लगेको भन्दै कार्यालयमा निवेदन परेको थियो।

किशोरीकी बुवाले नाबालिगलाई फकाएर लग्ने हिराबहादुरमाथि कारबाही गरी पाउँ भन्दै निवेदन दिएका थिए। त्यसैमाथि अनुसन्धान गर्न दुबै पक्षलाई कार्यालयमा झिकाइएको थियो।

यस सम्बन्धमा सशस्त्र प्रहरी जवान साहले किशोरी आफ्नी साली भएको भन्दै कार्यालयमा इन्स्पेक्टरको बर्दी लगाएर पुगेका थिए।

घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको डिएसपी थापाले बताए। साहले फुली किनेर लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ।

उनलाई दर्ज्यानी चिन्हसहित बर्दीको दुरूपयोग गरेको भन्दै सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाएको डिएसपी थापाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]