०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

आर्थिक गतिविधि सुस्ताएसँगै बिरगंज भन्सारमा गाडी थुप्रिने क्रम धेरै

Logo
प्रकाशित आइतबार, चैत्र १९, २०७९

(ABC-Sanchar) पर्सा । वीरगञ्ज स्थित एकीकृत जाँच चौकी (आइसिपी) मा २ हजार ३८० थान गाडी अलपत्र अवस्थामा छन् । नेपालमा नयाँ गाडी किन्ने ह्वात्तै घटेपछि आयातकर्ताले प्रतीतपत्र (एलसी) खोलेर ल्याएका गाडी भन्सार पास नगराउँदा आइसिपीमै थुप्रिएका हुन् ।

भन्सार विभागको तथ्यांकअनुसार देशभरि ४ हजार सवारीसाधन विभिन्न भन्सार कार्यालयमा रोकिएर बसेका छन् । त्यसमध्ये वीरगञ्ज आइसिपीमा मात्रै करिब २ हजार ४ सयथान गाडि अलपत्र छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिकाअनुसार आइसिपीमा १४ चैत सम्म ५ सय ६३ थान नया कार र ७५ थान जिप आइपुगेको छ । त्यसैगरी ८७८ थान नयाँ ट्रकको चेसिस आइपुगेको समितिले जनाएको छ । ५७ वटा नयाँ बस, ४० फिट माथिका ट्रकका चेसिस ५ थान, ४० फिट तलका ट्रकका चेसिस ३९० थान आइसिपीमै थन्किएका छन् । आइसिपीमा कूल नयाँ गाडी, ट्रक तथा चेसिसको संख्या १ हजार ८६८ थान छन् भने लोड भएर बसेका ट्रक संख्या ४१२ छन् । सबै मिलाउँदा आइसिपीमा २ हजार ३८० थान सवारीसाधन थुप्रिएको समितिले जनाएको छ ।

आर्थिक गतिविधि सुस्ताएसँगै भन्सारमा गाडी थुप्रिने क्रम बढिरहेको छ । व्यवसायीले तेस्रो देश तथा भारतबाट एलसी खोलेर गाडी मगाए पनि नेपालमा सवारीसाधन किन्ने ग्राहक शून्यप्रायः भएपछि भन्सार नतिरी सवारीसाधन राखेका हुन् ।

भन्सार आइपुगेका गाडी भित्रयाउन सरकारले तोकेको भन्सार तिर्नुपर्छ । भन्सार तिरेर सवारीसाधन भित्रयाउने आर्थिक क्षमता व्यवसायीसँग नभएको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

‘भन्सारमा जति गाडी थुप्रिए पनि बजारबाट नयाँ गाडीको माग नआउँदासम्म भन्सार तिरेर कोही व्यवसायी ल्याउन तयार छैनन्,’ उनले भने, ‘सरकारले बिस्तारै माग बढाउने नीति लिए गाडीको माग बढ्छ । भन्सारबाट बिस्तारै गाडी नेपाल भित्रिन थाल्छन्, होइन भने व्यवसायीले भन्सार तिरेर नेपाल भित्रयाउउन सक्ने अवस्था छैन ।’

आयातकर्ताले गाडी समयमै भन्सार पास नगराउँदा एकातिर राज्यले प्राप्त गर्ने राजस्व पाएको छैन भने अर्कातिर आइसिपी पनि भरिभराउ भएको छ । पुरानो सामान बाहिरिने र नयाँ सामान भित्रिने चक्रमै समस्या आइरहेको समितिले जनाएको छ ।

एसोसिएसनका उपाध्यक्ष निराकार श्रेष्ठका गाडी बिक्री २५ प्रतिशतसम्म झरेको छ ।

चालू आर्थिक वर्ष ९ महिना सकिन लाग्दा पुँजीगत खर्च २४ प्रतिशतमात्रै भएको छ । सरकारले पुँजी नबढाइ आर्थिक गतिविधि नबढ्ने व्यवसायी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!