२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबू भण्डारी काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०


ABC (क्राईमबिट)
काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन ।

जाँदा प्रमुखको गाडीमा फर्किदाँ सीधै प्रहरी खोरमा

भण्डारी केही दिनअघि प्रहरी प्रमुख बसन्त कुँवरसँगै बुटवल हुँदै अर्घाखाँची गएका थिए । रूपन्दहीका एक प्रत्यक्षदर्शीका अनुसार कुँवरकै गाडीमा भण्डारी गुम्मी पुगेका थिए । गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रमुख कुँबरको निकै नजिक रहेर सूचना सम्प्रेषण गरिरहेका थिए । केही दिनअघिदेखि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बारेमा पनि उनले पक्राउ हुनु अघि नै पुर्जी जारी हुँदै लगायतका सूचना सम्प्रेषण गरिरहेका थिए । गुल्मी जाँदा प्रहरी प्रमुखको गाडीमा सँगै गएका भण्डारी फर्किदाँ भने घर जानै नपाइ विमानस्थलबाटै हत्कडी लगाएर सीधै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा पुगेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]