२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र डीएसपी र इन्स्पेक्टर कारबाहीमा

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०

 ABC (क्राईमबिट) सुनसरी । झापा केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । उक्त स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरीक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् । उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाहीस्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय सुनसरीमा तानिएका हुन् ।
प्रहरीले कचनकवलस्थित लोदाबरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा १ सय १५ कार्टुन स्याउ बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको संयोजकत्वमा छानबनि समिति गठन भएको थियो । छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएपछि अनुसन्धानका लागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनीकुमार पोखरेलले बताए । शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा प्रहरी निरीक्षक जितेन्द्रबहादुर बस्नेतलाई पठाइएको छ । छानबनि समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै पोखरेलले प्रारम्भिक छानबिनको क्रममा घटनामा दुबै जनाको संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछि दोषी ठहरेमा थप विभागीय कारबाही हुने पोखरेलले बताए ।

यसैबीच बरामद गाडीसहितको स्याउ जफत गरेर १४ लाख ५६ हजारमा लिलामी गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । यसअघि पनि सुनसरीमा लौकहीमा ३ ट्रक स्याउ तस्करीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीको संलग्नता पुष्टि भएको थियो । भारतीय सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा प्रहरीकै संगलग्नता हुने गरेको गुनासो बढेपछि पुरानो टोलीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन सुरु गरिएको डीआईजी पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]