०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नक्कली पत्रकार राजेश बुढाथोकी सुधाकर IGP कुवरको नाममा सरुवामा हावी हुँदै

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । ज्येष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका बसन्तबहादुर कुँवरलाई संगठन भित्र राम्रो छवि भएका अधिकृतका रुपमा लिने गरिन्छ । तर, पदमा पुगिसकेपछि आफ्ना वरिपरि कस्ता मानिस झुम्मिरहेका छन्, तिनले के के गलत फाइदा उठाइरहेका छन् भन्ने हेक्का उनले राख्न सक्दारहेनछन् भन्ने कुरा हालै जिल्ला प्रहरी कार्यालय गुल्मीको भवन उद्घाटन देखि जन्म जिल्ला अर्घाखाँचीलगायतको भ्रमणमा उनीसँग कुम जोडेर हिंड्ने एकाध पात्रको चुरीफुरीले देखाएको छ ।

आईजीपी गुल्मी जाँदा सोही कार्यक्रममा गएका सुरक्षा न्युज नेटवर्कका पत्रकार मदनबाबु भण्डारी फर्किदाँ भने घर जानै नपाइ काठमाडौं विमानस्थलबाटै पक्राउ परे । सरकारी कागजात कीर्ते गरेको उजुरीको आधारमा भण्डारीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यस्तै पत्रकारको भेषका बिचौलिया राजेश बुढाथोकी पनि गुल्मी गएका थिए । (राजेश सुधाकर) का रुपमा चिनाउने उनी यसअघिका आईजीपी धिरजप्रताप सिंहको कार्यकालमा चर्चामा आएका थिए ।

राजेशको जन्मदिनमा तत्कालीन आईजीपी सिंह नै उच्च प्रहरी अधिकारीहरुको बथान बोकेर नेपाल पुलिस क्लव भृकुटीमण्डपमा केक काट्न गएको बिषय आलोचित भएको थियो । तिनै सुधाकर हालका आईजीपी बसन्त कुँवरको नाममा प्रहरीका सरुवा बढुवामा हावी हुने गरेका छन् । कुँवर आईजीपी नियुक्त भएपछि दही खुवाएका तस्वीर समेत सुधाकरले सामाजिक संजाल फेसबुकमा राखेका थिए । सुधाकरको आइजीपी निवासमा सहजै पहुँच रहेको उनले दही खुवाएको घटनाबाटै देखिएको छ । आईजीपी कुँवरसँग कुममा कुम जोडेर गुल्मीको प्रहरी कार्यालय भवन उद्घाटनमा पुगेका सुधाकरले सामाजिक संजालमा नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगीधन्दामा अख्तियार प्रमुख प्रेमकुमार राईसमेत संलग्न रहेको स्टाटस राखेका छन् । आईजीपीसँग एउटै गाडीमा हिँड्ने बिचौलियाले नक्कली भूूटानी शरणार्थी प्रकरणमा को– को संलग्न छन् भन्ने सूचना उनीबाटै पाएका त हैनन्, अनुसन्धान भइरहेको बिषयको सूचना आईजीपी कुँवरले बिचौलियालाई लिक गरी अख्तियार प्रमुखको बदनाम गर्ने कार्य भइरहेको त छैन ? यो गम्भीर प्रश्न उठेको छ ।

सरुवा बढुवामा प्रहरीसँग लाभ लिन पल्केका सुधाकरले आफ्नो पहुँच आईजीपीसम्म छ भन्ने देखाउन जन्मदिनमा केक काट्न बोलाउने, नियुक्त हुँदा दही खुवाउने र आईजीपी जिल्ला भ्रमणमा जाँदा सँगसँगै गएका र कुम जोडेका फोटा सामाजिक संजालमा सेयर गर्ने गर्दछन् । गुल्मीको प्रहरी कार्यालय उद्घाटनमा जाँदा त उनले आईजीपी कुँवरको भिडियोसमेत खिच्ने जिम्मा पाएका थिए । मानौं, उनी नेपाल प्रहरीबाटै खटिएका भिडियो ग्राफर हुन् । सुधाकरको प्रहरीमा चलखेलको नालीबेली लेखीसाध्य छैन । १५ दिनअघि उनी नेपालगंजको सिटी प्यालेस होटलमा बसेका थिए । उनलाई भेट्न प्रहरीका इन्स्पेक्टरदेखि लेखापालहरुको लाइन लागेको थियो । लेखापालहरु जिल्ला प्रहरी कार्यालयमै थमौती हुन र इन्स्पेक्टर राम्रो ठाउँमा सरुवा मिलाइदिनका लागि उनीसँग याचना गर्न धाएका थिए । गृहमन्त्री र गृहसचिवकै जस्तो सानसौकत सिटीप्यालेसमा देखिएको थियो । उनले सामाजिक संजाल फेसबुकमा अनलाइन खबरसँगै नयाँ विकल्प अनलाइनमा समेत काम गरेको उल्लेख गरेका छन् । नयाँ विकल्प अनलाइनमा पनि उनले काम नगरेको खुलेको छ । उनले आफूले पत्रकारिता गरेको बताए पनि कुनै मिडियामा पनि उनको आवद्धता भेटिँदैन । यद्यपि नेपाल टेलिभिजनको समेत रिपोर्टर भएको लेखेका छन् । तर उनी आइजीपीसँग खिचेका फोटा देखाएर बिशुद्ध प्रहरीका सरुवाबढुवाका बिचौलिया र विभिन्न केसमा समेत दलाली गर्ने कार्यमा संलग्न भएको तर कहिल्यै अनलाइनखबरमा काम नगरेको समाचार नै सार्वजनिक भइसकेको छ ।सामाजिक सञ्जालमा नक्कली परिचय राखेर पत्रकार हुँ भन्दै आएका राजेशले कुनै पनि समाचार बाइलाइनमा लेखेको समेत भेटिएको छैन । रोल्पा घर भएका राजेशलाई रोल्पाकै पत्रकार महासंघका अध्यक्ष मानसिंह विकले समेत कहिल्यै नचिनेको भनी प्रतिक्रिया दिएको यसअघि नै मिडियामा आइसकेको खोजतलासबाट छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!