२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङमा प्रदेश ट्राफिक प्रमुख प्रसाईंले गरे दुर्घटना न्यूनीकरण गर्न डिजिटल बोर्डको उद्घाटन

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

(सागर थापा)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ ।

सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबैजना सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अफ्ट्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे । दुर्घटना न्यूनिकरण गर्न स्थानिय सरकार लागिपरेको उनले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तिब्र गतिका कारण सबै भन्दा धेरै दुर्घटना हुने गरेको बताए । आफ्नो कार्यकालमा दुर्घटना तुलनात्मक रुपले घट्दै गएको उनले दाबी गरे । कार्यक्रममा राष्ट्रिय यातायात महासंगका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए । बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामराको व्यवस्था नहुँदा ब्यवसाही समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]