०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

डिभीका कारण डिएसपी राजेश थापा एसपी त हुन पाएनन् तर जागीर पनि गयो

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०


ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका एक सिनियर अधिकृतले डिभीका कारण जागिर गुमाएका छन् । एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ ।

गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए । यसअघि पनि छुटेकाले यसपटक पर्ने निश्चित जस्तै थियो । तर,डिभीमार्फत उनले अमेरिकाको पिआर प्रक्रिया अघि बढाइसकेको उनका प्रतिस्पर्धीले चाल पाए । त्यसपछि बर्खास्त हुनसक्ने भन्दै उनलाई राजीनामा दिन लगाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको डिभी काण्डको फाइदा डिएसपी राजन भुजेललाई भयो । यसपटक पूर्णरुपमा टप २२ भित्र परेकालाई मात्र बढुवामा पारिएको छ । भुजेल २२ औं नम्बरमा बढुवा भएका छन् । थापाले राजीनामा नदिएको भए उनी छुट्ने थिए ।

यसपटकको बढुवामा ठूलो भने चलखेल भएन । वरियतामा २२ भित्र रहेकाको नम्बर मात्र तलमाथि भएको छ । यसले एक किसिमले पावर नभएका पनि चलखेल बिना बढुवामा परेका छन्, त्यो राम्रो हो, तर कार्यसम्पादनमा कमजोरहरू पर्दा काबिल अधिकृतहरुमाथि भने अन्याय भएको चर्चा प्रहरीमा छ ।

बढुवामा परेका श्यामकुमार राई, मिलन केसीजस्ता पटक–पटक कारबाहीमा परेकाहरु पुरस्कृत हुँदा अंगुर जिसी, प्रदीप क्षेत्री, श्यामबाबु ओलिया, राजन लिम्बू, निरञ्जनदत्त भट्टलगायत भने छुटेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै वरियता नमिची बढुवा गर्ने बताएका थिए । यसले विगतमा चलखेल गरेर अगाडि परेकाहरुलाई फाइदा हुँदा विगतमा अन्यायमा परेकाहरु झन् अन्यायमा परेका छन् ।
आइजिपीसाब नै गत वर्ष एसएसपीबाट डिआइजी हुँदा १३ बाट १ नम्बरमा बढुवा हुनुभयो,’ एक प्रहरी अधिकारी भन्छन्,‘सायदै कार्यसम्पादन मूल्याङकनै आधारमा उहाँलाई त्यसरी अघि लगिएको थियो होला, अहिले बढुवामा चाँही कार्यसम्पादन नहेर्ने हो भने राम्रो काम गर्ने र नगर्नेबीच के फरक रह्यो र ?’

एसपी बढुवासँगै प्रहरीमा डिएसपीका ४४ पद रिक्त भएका छन् । जसमा २०७० सालमा भर्ना भएका एक सय ४८ जना इन्सपेक्टरको टोली छ । डिएसपी बढुवामा पनि इन्सपेक्टरमा जस्तै टप ४४ भित्रका मात्र पर्ने सम्भावना रहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!