०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

शिव शिखर सहकारी सस्थाको १० अर्ब पैसा श्रीमान श्रीमती मिलेर हिनामिना

Logo
प्रकाशित बुधबार, जेठ ०३, २०८०

ABC (क्राईमबिट)
चितवन । भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा सर्वसाधारणको करिब १४ अर्ब निक्षेप हिनामिना भएको छ । त्यसमध्ये करिब १० अर्ब संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताले मात्र हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरूले आफ्ना नाममा करिब एक दर्जन कम्पनी खोलेर सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । त्यो पैसा फर्काउन नसकेपछि सहकारी समस्यामा परेको हो । सो हिनामिनाका योजनाकार केदार फरार छन् । गीतालाई भने प्रहरीले पक्राउ गरेको खवर नयाँपत्रिका दैनिकमा खवर छ।

सरकारी निकायको कमजोर नियमनको फाइदा उठाउँदै शर्मादम्पतीले सर्वसाधारणको पैसा आफूअनुकूल खर्च गरेका हुन् । उनीहरूले संस्थाबाट कर्जा लिएर विभिन्न क्षेत्रमा लगानी गरेकोमा संस्थालाई ब्याजसमेत तिरेका छैनन् । अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी भन्छन्, ‘जसरी इच्छाराज तामाङले सिभिल सहकारी डुबाएका थिए, त्यसैगरी शर्मादम्पतीले शिवशिखर सहकारी डुबाएको देखिन्छ ।’

यो हिनामिनामा संस्थाका धेरै सञ्चालक तथा कर्मचारीको मिलेमतो देखिएको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा ३५ वटा शाखा कार्यालय तथा सेवा केन्द्र रहेको सो सहकारी लामो समयदेखि संकटमा छ । संस्थाले हजारौँ निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन । १६ प्रतिशत ब्याज दिने भन्दै विज्ञापन गरेर उनीहरूले देशभरिबाट ठूलो निक्षेप उठाएका थिए ।

उपत्यकाका तीनै जिल्लाका साथै विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा संस्थाको सेवा केन्द्र छ । ती ठाउँका पीडितहरूले निक्षेप फिर्ताका लागि संघर्ष गर्दै आएका छन् । सहकारी विभागले पनि यस विषयमा पटक–पटक छलफल गराउँदै आएको छ । गत १२ वैशाखमा गीतालाई समेत उपस्थित गराई छलफल गरेको थियो । जसमा उनले आफ्ना सबै सम्पत्ति बेचेर संस्थाको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएकी थिइन् । साथै, १० दिनभित्र श्रीमान्लाई उपस्थित गराउने बताएकी थिइन् । शर्मादम्पतीलगायत सहकारीका सबै सञ्चालकको सम्पत्ति रोक्का गर्न सहकारी विभागले नै यसअघि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । विभागकै पत्राचारअनुसार सिआइबीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

उपत्यकाका पीडितहरूलाई ब्युरोमा तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा सम्पर्क गर्न सिआइबीले आग्रह गरेको छ । पीडितसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही अघि बढाउन सो सहकारीको शाखा कार्यालय रहेका जिल्लाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

हिनामिनामा संलग्न बाँके कोहलपुर घर भई भक्तपुर बस्ने गीता शर्मा तथा बझाङ घर भई काठमाडौैं बस्ने पुष्कर मल्ललाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

उनीहरूविरुद्ध हालसम्म संस्थाको तीन करोड १० लाख सात हजार रुपैयाँ हिनामिना गरेको उजुरी परेको र उजुरी आउने क्रम चलिरहेको छ । संस्थामा बचतकर्ताको करिब १४ अर्ब रकम हिनामिना भएको भन्ने छ । भर्खरै उजुरी लिएर हामीले अनुसन्धान थालेका छौँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!