२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

देउदुरी सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०

 

(सिर्जना थापा)

दाङ । राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन् ।

विद्यालयमा २०७३ सालदेखी कृषि वाली विज्ञान पढाइ हुदै आएको छ ।

विद्यार्थीहरुले पढाइको साथसाथै विभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्दै आएका छन् । कृषि वालि विज्ञान अन्तरगत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका तरकारी उत्पादन, वेर्ना उत्पादन, च्याउ खेती गर्दै बजारमा विक्री वितरण गरी आम्दानी गरिरहेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी राज परियारले बताए ।

विद्यार्थीहरुले नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादन गर्दै आएका छन् । नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै विद्यालय र विद्याथीहरुलाई आर्थिक रुपमा सवल बनाउदै जाने योजना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर केसीले बताए ।

वाली विज्ञान अध्ययनरत विद्यार्थीहरु सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सिपको विकास गरी उच्च स्तरको जनशक्ति निर्माण गर्नुको साथै विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्नका लागि विभिन्न रचनात्मक योजनाहरु निर्माण तथा कार्यान्वयन गरिरहेको कृषि धार संयोजक इश्वरी अधिकारीले जानकारी दिए । पढाई सकेपछी विद्यार्थीहरुले आफै कृषिका ठूलाठूला व्यवसाय तथा फर्म स्थापना गरेर सञ्चालन गर्न सक्ने शिक्षक अभिभावक संघका अध्यक्ष रोहन चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]