२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दुर्गा प्रसाईंले दिए पत्रकारलाई ज्यान मार्ने धम्की नेपाल पत्रकार महासंघको आपत्ति

Logo
प्रकाशित आइतबार, आषाढ ३१, २०८०

(ABC-Sanchar)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ।

पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ।

समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की दिएकोल महासंघले जनाएको हो।

९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ?’

समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदाहुँदै प्रसाईंले ज्यान मार्ने धम्की दिने शक्ति कहाँबाट पाए? भन्दै महासंघले सम्बन्धित निकायसँग यसको जवाफ समेत माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]