२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौँको सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् ।

पासवानलाई घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् ।

पक्राउपछि प्रहरीसँग उनले भनेका छन्–‘राख्न लगाउने मान्छेलाई चिन्दिनँ, नेपाली मान्छे हो ।’ शङ्कास्पद बस्तु दिनेले ‘त्यहाँ राख’ भनेपछि आफूले राखेको उनले बताएका छन् ।

शङ्कास्पद बस्तु राखेपछि उनी घटनास्थलमा नै बसेर रमिता हेरिरहेका थिए । अनुसन्धान अधिकृतहरूले उनलाई सिसिटिभी फुटेको आधारमा पक्राउ गरेका हुन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘म काम गर्ने मान्छे हुँ ।’

घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’ नेपाली सेनाले शङ्कास्पद बस्तु डिस्पोज गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]