२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्युठान सडकमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध यात्रु पैदल हिन्न बाध्य

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

प्युठान । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुश्किल परेको छ । तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार बासुदेव गिरीले बताउनुभयो।

बुधबार राती ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उहाले बताउनु भयो ।
गिरीले भन्नुभयो,“वर्षायाम लाग्नासाथ यो बाटोमा यात्रा नै सकस हुन्छ, पटक पटक अबरुद्ध हुने यो बाटो खुलाउन सरोकारवालाको सक्रीय पहल देखिएन।’
जिल्ला ट्राफिक कार्यालय देबिस्थानका प्रहरी नायव निरिक्षक चन्द्र बहादुर के सि का ३/४ वटा एक्साभेटर मार्फत पहिरो पन्छाउने काम भईरहे पनि आज नै बाटो सुचारु हुने संभावना न्यून छ।
पहाडको खोंचमा रहेको यो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]