२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठान सडकमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध यात्रु पैदल हिन्न बाध्य

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

प्युठान । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुश्किल परेको छ । तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार बासुदेव गिरीले बताउनुभयो।

बुधबार राती ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उहाले बताउनु भयो ।
गिरीले भन्नुभयो,“वर्षायाम लाग्नासाथ यो बाटोमा यात्रा नै सकस हुन्छ, पटक पटक अबरुद्ध हुने यो बाटो खुलाउन सरोकारवालाको सक्रीय पहल देखिएन।’
जिल्ला ट्राफिक कार्यालय देबिस्थानका प्रहरी नायव निरिक्षक चन्द्र बहादुर के सि का ३/४ वटा एक्साभेटर मार्फत पहिरो पन्छाउने काम भईरहे पनि आज नै बाटो सुचारु हुने संभावना न्यून छ।
पहाडको खोंचमा रहेको यो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!