१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

यातायात कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ हाकिमसहित अरु फरार

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०

ABC (क्राईमबिट)

धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका एक जना पूर्व कर्मचारी पक्राउ परेको कैलाली प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार लिखित सम्बन्धी कसुर (किर्ते) मुद्दामा तत्कालीन सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरियालाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले कैलाली प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएपछि कठरियालाई पक्राउ गरेको हो। पक्राउ परेका कठरियामाथी थप अनुसन्धान भैरहेको र सोही मुद्दामा यातायातका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाह र कम्प्युटर अपरेटर पवनकुमार रावल फरार रहेका छन्। तत्कालीन समयमा यातायातमा कार्यरत शाहको हालको दरबन्दी मुख्यमन्त्रीको कार्यालय धनगढी र रावलको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको पाइएको छ।
प्रहरीले उनीहरूसमेत जोडिएको मुद्दाका प्रतिवादीलाई समातेपछि शाह र रावल फरार रहेको बताइएको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित कठरिया र रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो। तत्कालीन कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको उजुरी अख्तियारमा परेको थियो।शाहले लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौँ परीक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको, सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण गरेको भन्दै अख्तियारमा उजुरी परेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका थिए। त्यस्तै, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरेका थिए। प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण भएका २८३ जनालाई उत्तीर्ण बनाएको आरोप शाहविरुद्ध लगाइएको थियो।

शाहले प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको थियो। रावलले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण बनाएको अख्तियारले जनाएको थियो। अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्धा दायर गरेको थियो। अख्तियारले शाहको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा शाह यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा रहँदा सो गतिबिधी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा अहिले पनि मुद्दा चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!