२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

महेन्द्रनगरको पुरानो बसपार्कमा ग्यास लिक हुँदा एक घरमा आगलागी लाखौंको क्षति

Logo
प्रकाशित शनिबार, भाद्र ०२, २०८०


(ABC-Sanchar)
महेन्द्रनगर । (शनिबार) बिहान मःम का लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको हो।

घरभित्र रहेका सामान जलेर नष्ट भएपनि मानवीय क्षति हुनबाट जोगिएको छ। सोही घरमा जोशी मःम सेन्टरका सञ्चालक बझाङ घर भएका गणेशराज जोशीसहित उनकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइबुहारी र उनीहरूको बच्चा गरी सात जना डेरा गरी बस्दै आएका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]