०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

ड्युटीमा खटिएका इन्स्पेक्टर युवराज कटुवालमाथि बञ्चरो प्रहार

Logo
प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बिहीवार साँझ पौने सातबजे बञ्चरो प्रहार भएको छ ।

शिवसताक्षी–९ झरनापुल नजिकै प्रहरी निरीक्षक कटुवालमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रनि कटुवालको टाउको र हातमा चोट लागेको छ ।

कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । प्रनि कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशोक पोखरेल, अरुण तामाङ र लक्ष्मण टुडु छन् । तीमध्ये पोखरेलले बञ्चरो हानेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]