(ABC-Sanchar)
काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने नेपालीमूलका अमेरिकी नागरीक हस्त गाैतमलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
गाैतमलाई नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान व्यूरोले भारत हुँदै नेपाल आउने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका गौतमले प्रहरीसँग आफूले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गर्दै २ सय जनालाई अमेरिका पुर्याइसकेको र १३ जना अहिले पनि बाटोमा भएको बताएका छन् ।
विशेष सुराकीका आधारमा मानव बेचविखन व्यूरोले गाैतमलाई पक्राउ गरेको हो ।