२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

सर्लाहीको २८ वर्षीय पत्रकार अभिषेक यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


(ABC-Sanchar)
सर्लाही । धनकौल-४ महिनाथपुर घर भएका २८ वर्षीय पत्रकार अभिषेक यादवको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बाग्मतीमा भएको नेकपा माओवादी केन्द्र निकट दलित सङ्गठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर शनिवार घर फर्किने क्रममा बरहथवा – ८ टाँडी, गर्जाहा पुलमा यादव सवार मोटरसाइकल दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेको थियो ।

यादवलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुरमा भर्ना गरिएकोमा उपचारकै क्रममा आइतबार निधन भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

यादव सवार मधेस प्रदेश ०३-०२८ प ७४९६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको बिआर ३० एक्स ८९८८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएको थियो ।

यादव प्रेस सेन्टर जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हुन । उनी जिल्लाका विभिन्न रेडियोमा क्रिकेट प्रतियोगीताका बेला कमेन्ट्रि गर्थे भने विभिन्न अनलाइन तथा पत्रिकामा रिपोर्टिङ गर्थे ।

यादव सवार मोटरसाइकललाई ठक्कर दिने भारतीय नम्बर प्लेटको सवारी चालक बरहथवा १७ का ३७ वर्षीय रामजनक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चौधरीको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!