२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बलिउड अभिनेता आफताब शिवदासनी साइबर ठगीको शिकार २ लाख ४० ठगीए

Logo
प्रकाशित शनिबार, आश्विन २७, २०८०

(ABC-Sanchar)
काठमाडौं । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् ।

बन्द्रा प्रहरी कार्यालयमा दर्ता गरिएको आफताबको उजुरी अनुसार आइतबार एक अज्ञात नम्बरबाट उनलाई मेसेज आएको थियो । मेसेजमा आफताबलाई उनको केवाईसी (नो योर कस्टमर) डिटेल्स अद्यावधिक गर्न भनिएको थियो जुन उनको बैंक खातासँग लिंक थियो । मेसेजमा केवाईसी अपडेट नगरे खाता निलम्बन हुने चेतावनी समेत दिइएको थियो । त्यसपछि आफताबले मेसेजसँग पठाइएको लिङ्कमा क्लिक गरेर बताइएको निर्देशन अनुसार कदमहरु पालना गरे ।

प्रोसेस सुरु गरेको केही समयपछि उनको मोबाइलबाट बैंक खाताबाट १ लाख ४९ हजार ९९९ रुपैयाँ काटिएको सन्देश आएको थियो । ठगी भएपछि आफताबले सोमबार आफ्नो बैंकका म्यानेजरसँग गुनासो गरेका थिए । म्यानेजरको सल्लाहअनुसार उनले त्यसपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले यस विषयमा कारबाही अगाडि बढाएको जनाएको छ ।

आफताब पछिल्लोपटक डिज्नी प्लस हटस्टारको वेबसिरिज स्पेसल अप्सः१.५ मा देखिएका थिए । यसबाहेक उनी सन् २०२१ को कन्नड चलचित्र कोटीगोब्बा ३ मा देखिएका थिए ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]