१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

अख्तियारको कर्मचारी हु भन्दै ठगी गर्ने एकजना नेपालगन्जबाट पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएका भरतपुर महानगरपालिका १२, चितवन
घर भई हाल नेपालगन्ज उप–महानगरपालिका २० राँझामा बस्दै ३७ वर्षीय मोहन कोइरालालाई पक्राउ गरि अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

कोइरालाले विगत केहि समयदेखि बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थालाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी सुविधा लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई शुक्रवार पक्राउ गरेको डिएसपी डाँगीले बताए ।

‘निगरानी गर्ने क्रममा कोइरालाले सरकारी कार्यालय र संघसंस्थासँग रकम असुली गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको डिएसपी डाँगीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!