२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपालगन्जमा एचआइभी पोजेटिभ घट्दै

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

(एबिसि संचार )                                                       बाँकेमा थप एक सय नौ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार तीन सय २८ जनामा एचआइभी परीक्षण गर्दा एक सय नौ पोजिटिभ भेटिएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहीबार बाँकेमा आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआइभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले पाँच सय ५६ एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेको जानकारी दिए । पाँच सय ५६ मध्ये चार सय १० बाँके जिल्लाका भएको बताइएको छ ।  भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा निःशुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट अहिलेसम्म एक सय ७२ जनाको मृत्यु भएको तथ्याङ्क छ । भेरी अस्पताल नेपालगञ्जका एचआइभी सम्पर्क व्यक्ति डा सङ्केत रिसालले भेरी अस्पतालको २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र निःशुल्क औषधी वितरण गरिरहेको बताए । उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए । “गुम्सिएर नबसौँ, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधी सेवन गरे रोग नियन्त्रण हुन्छ”, उनले भने । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स सङ्क्रमण दर घट्दो क्रममा रहेको बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र परामर्शलाई व्यापक बनाइएको जानकारी दिए । चन्दले नेपालगञ्ज उपमहानगरपालिकाले एचआइभी सङ्क्रमितलाई प्रोत्साहन भत्ता  दिँदै आएको बताए ।

एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बाँकेमा एचआइभी सङ्क्रमणदरमा उल्लेख्य सुधार भएको जानकारी दिए । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात भोलि ३६औँ विश्व एड्स दिवस मनाइँदैछ ।  (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]